Saturday, October 25, 2008

नमस्ते !!!!!!

· 1 comments

यो मेरो यउटा यस्तो प्रयास हो सायद यसबाट धेरै हास्नु हुनेछ होला तर मै के अनुभव गरेको छु भने । हाम्रो यो ब्यस्त जिवनमा एकले अर्कोको समस्या सुन्ने अथवा उसलाइ सुझाव दिने फर्सद हुदैन र जो सँग छ उसलाइ सोध्न सकिन्दैन । उसलाइ सुनाउन सकिन्दैन, हैन ? अहिलेको यस्तो Bloging को लहर चलिरहेको बेलामा किन एउटा यस्तो ब्लग नबनाउ जाहा तपाइले अाफ्नो निजि, पारिबारीक, बैवाहिक अथवा प्रेम जिवनको सम्वन्धमा केहि दुखेसो, केहि हासो , केहि गुणासो र केहि सुझाब राखन सक्नु हुन्छ । अब कुरा अउछ कसैले अफ्नो बरेमा याहा किन लेखनु हैन ? त्यसको एकदमै साधारण उत्तर रहनेछ मेरो यो ठाँउ भनेको यस्तो ठाँउ हो जाहा एकदमै मन मिल्ने र कुनै कतै बाट पनि फाइदा अथबा स्वार्थी भएर सुझाब नदिने साथि हरूमाझ व्यथा रख्दै हुनु हुन्छ । जाहाँ तपाइको लागि यी साथीहरूमाझ रहेको अनुभव बिचारले तपाइको जिवन परिवर्तन गरि दिन्छ । मैले सुनेको छु साथिको सुझाव र उसको अनुभव साथिकोलागि पुष्पमार्ग रहन्छ भनेर । तपाइले एकजाना सँग सल्लाह लिनुहुन्छ त्यो उसको लागि नौलो होला तर यो ठाँउ भनेको हजारौ साथि रहेको ठाँउ हो र याँहा तपाइले हजारौ साथिहरूलाइ सोध्दै हुनुहुन्छ । बरू एउटा कुरामा ध्यान दिनुभए उत्तम रहने छ । तपाइले अाफ्नो बास्तविक नाम अथबा तपाइलाइ email देखि बाहेको कुनै ठेगानामा सम्पर्क गर्न नमिलोस भन्ने कुरामा ध्यान राखनुहोला भन्न चाहन्छु ।

अब कुरा अउँछ मलाइ काहाँ बाट यस्तो सोच अायो भनेर । यसकोलागि म अाफ्नो एउटा कथा सुनाउन चाहन्छु । अंग्रेजीको कमजोरी कम गर्न कुनै समयमा ल्याङ्गवेज क्लास लिन गएको थियो त्यसमा केहि पद्दमकन्या कलेजका केहि केटी साँथीहरू पढनु हुन्थो म सँग । अन्तिम दिनमा के भयो भन्दा त्यसग्रुप मध्यकी एकजाना ले के भन्नु भयो भने नि “मलाइ केटाहरूको बिचार सम्वन्धि जानकारी लिनु थियो केही प्रसंग निकालु ?“ अब हामीलाइ पनि के नै चाहिएको थियो केटीले कक्षा कोठामा course भन्दा बाहिरको कुरा गर्ने भन्ने वित्तिकै मख्ख है हुन्छ हुन्छ भनिहल्यौ । अनि उसले भन्न सुरू गर्नुभयो । कुर एक जाना साथीहो भन्दै तर खासमा बुझदै जादा उहाले त अाफ्नै बारेमा कुरा गर्दै हुनु हुदोरहेछ । खैर जे भए पनि उहालाइ हामीले अाफ्नो बिचार त भन्यौ तर कतिको चित्त बुझ्यो थाहाँ भएन ।
कुरा चाही के थियो ? अब त्यो त तपाइ ले सोध्नु भयो भने पक्कै भन्छु ।

धन्यबाद ।

Read More......